Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


‘अन्सारी नेतृत्वको कुस्ती संघलाई मान्यता दिनु लोकतान्त्रिक प्रक्रियाको बर्खिलाप’


0
Shares

काठमाडौं, असार १८ । नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनाले पत्रकार सम्मेलन गरी कुस्ती संघको पुनगर्ठन गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

२०७२ साल जेठ २५ गते विधिवत् साधारणसभामार्फत् निर्वाचन गरेको संघले पटक–पटक पुनः चुनावी साधारणसभाका लागि स्वीकृति माग्दा नदिने निवर्तमान सदस्यसचिव केशवकुमार विष्टले आफ्नो कार्यकालको अन्तिम दिन संघ पुनगर्ठनको हस्ताक्षर गरी विवाद बढाउन चाहेको स्पस्ट भएको राणाको भनाइ छ ।

राणासँग लिखित सहमति गरी पुनगर्ठन गरिएको भन्ने सन्देश आएपछि उनले ‘लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित संघलाई उपेक्षा गरी अगाडि बढ्दा कुन दिशातिर जान खोजेको हो ?’ भन्दै उपाध्यक्ष तिम्सिना र निवर्तमान सदस्यसचिव विष्टलाई राज्यलाई सहमतिको प्रमाणसहित तुरुन्त जवाफ दिन माग गरेका छन् ।

पुनगर्ठनको नाममा नेपाल ओलम्पिक कमिटीको मान्यताप्राप्त राजमोहम्मद अन्सारी नेतृत्वको कुस्ती संघलाई मान्यता दिनु कानुनी राज्य र लोकतान्त्रिक प्रक्रियाको बर्खिलाप भएको राणाले बताएका छन् ।

नेपाली खेलकुदमा दुई कुस्ती संघ अस्तित्वमा रहेकामा राणा नेतृत्वको कुस्ती संघलाई राखेपको मान्यता थियो ।