२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


राहुल गान्धीले छाडे अध्यक्ष


0
Shares

काठमाडौं, असार १८ । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफू अब अध्यक्ष नरहेको स्पस्ट पारेका छन् ।

बुधबार त्यहाँको संसदबाहिर सन्चारकर्मीहरुसित उनले आफू अब अध्यक्ष नरहेको र पार्टीले तत्काल नयाँ अध्यक्ष चुन्नुपर्ने बताए ।

राहुलले लोकसभा चुनावमा पार्टीको नराम्रो पराजयपछि नैतिक जिम्मेवारी लिँदै गएको जेठ ११ गते राजीनामा दिएपनि पार्टीले स्वीकार गरेको थिएन ।

ट्वीट गर्दै उनले कांग्रेस कार्यसमिति बैठकले नयाँ अध्यक्ष चुन्नुपर्ने बताएका छन् ।

चार पृष्ठ लामो पत्रमा गान्धीले चुनावको हारको जिम्मेवारी लिँदै पार्टीको पुनर्विकासका लागि कडा फैसला लिनुपर्ने पनि बताएका छन् । (एजेन्सी)