८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कोसी पहाडका ग्रामीण सडकको बिजोग (भिडियो)


0
Shares

कविराज घिमिरे (इमेज)

धनकुटा, साउन १ । कोसी पहाडका प्रायः सबै गाउँ अहिले सडक सञ्जालसँग जोडिएको छ ।

तर, गाउँगाउँसम्म सडक विस्तार भएपनि यातायातका साधन भने सन्चालन गर्नसकिने अवस्थामा छैनन् ।

अझ बर्खाको समयमा त ग्रामीण सडकमात्र नभइ राष्ट्रिय राजमार्गमा नै यातायातका साधन सन्चालन गर्न समस्या पर्ने गरेको छ ।

कोसी पहाडका धनकुटासहित तेह्रथुम, भोजपुर र संखुवासभा जिल्लाका गाउँगाउँसम्म अहिले सडक सञ्जाल विस्तार भइसकेको छ ।

गाउँगाउँसम्म जथाभावीरुपमा खोलिएका सडकमा सुक्खायाममा जसोतसो सवारीका साधन सन्चालनमा आएपनि बर्खामा भने यातायातका साधन सन्चालन हुने अवस्था छैन ।

यो क्षेत्रमा बर्खाको समयमा ग्रामीण सडकमात्र नभइ राष्ट्रिय राजमार्गमा नै यातायातका साधन सन्चालन गर्न समस्या पर्ने गरेको छ ।

संखुवासभालाई धनकुटासहित तराईसँग जोड्ने कोसी राजमार्गअन्तर्गत् धनकुटाको चित्रेदेखि संखुवासभाको मुढे, शनिश्चरेसम्मको सडकमा अहिले यातायातका साधन सन्चालन गर्नसक्ने अवस्था छैन ।

करिब ३० किलोमिटर सडक हिलाम्मे भएपछि व्यवसायीहरु जोखिम मोलेर यातायातका साधन सन्चालन गर्न बाध्य छन् ।

सोही सडकअन्तर्गत् वसन्तपुरदेखि तेह्रथुमको म्याङलुङ जोड्ने सडककोसमेत अवस्था उस्तै छ । यी सडकमा निक्कै जोखिम मोलेर सवारी–साधन चलाउनुपर्ने अवस्था रहेको तेह्रथुमेलीको गुनासो छ ।

यता, धनकुटाको हिलेबाट लेगुवासहित भोजपुर जोड्ने सडककोसमेत अवस्था उस्तै छ ।

हिउँदमा जसोतसो सवारी–साधन सन्चालनमा आएपनि बर्खामा भने निक्कै कस्टका साथ सवारी–साधन सन्चालनमा आउने गरेका छन् । यीबाहेक अधिकांश ग्रामीण सडकको अवस्था उस्तै छ ।

कोसी पहाडका एक/दुई सडकबाहेक अधिकांश ग्रामीण सडकमा अहिले सवारी–साधन सन्चालन गर्नसकिने अवस्था छैन ।

त्यसैले त अहिले ग्रामीण क्षेत्रका सर्वसाधारण सडक विस्तारभन्दा पनि स्तरोन्नति र गुणस्तरमा ध्यान दिन आग्रह गर्छन् ।

यो समस्याको समाधान गर्न धनकुटाका अधिकांश स्थानीय तहले भने नयाँ बाटोमा लगानी नगर्ने निर्णय गरेका छन् ।

अब नयाँ सडक नखोल्ने, पुरानो सडकको स्तरोन्नति गरिने महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए ।

सडक निर्माण गरिएपनि सन्चालनमा आउन नसक्दा कोसी पहाडका बासिन्दाको दैनिकी फेरिन सकेको छैन । हिउँदमा धुलो त बर्खामा हिलोका कारण समस्या ज्यूँका त्यूँ छ ।

भिडियो हेर्नुहोस्