
फाइल तस्वीर । वेब ।
चितवन, असोज १० । चितवनमा बाघले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१३ का ६३ वर्षीय जन्हु महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
शनिबार बिहान ११ बजेर ४५ मिनेटतिर भरतपुर-१३, सिलगैह्रीको बेलसरह मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका महतोलाई एक्कासि बाघले आक्रमण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्