
कैलाली । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका अध्यक्ष देवकोटा सहित ३ जनालाई पत्रकार सम्मेलन पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीवाट डीएसपी ज्ञानबहादुर विष्टको नेतृत्वमा गएको प्रहरीको टोलीले अध्यक्ष देवकोटा सहित उद्योग वाणिज्य संघ सदस्य विपिन कुमार साउद र दिनेश बिष्टलाई नियन्त्रणमा लिएको हो ।
गोदावरी नगरपालिकाले यहि असार १० आयोजना गरेको तेस्रो नगर सभाको उद्घाटन कार्यक्रममा माइक तोडफोड गरेको, माइकको तार काटेको र कार्यक्रम विथोल्ने प्रयास गरेको भन्दै नगरपालिकाले देवकोटा सहितका ८ जना विरुद्ध किटानी दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले जानकारी दिए ।
यसैबीच, पक्राउ गरेको बिरोध गर्दै व्यापारीहरुले आज अतरिया बजार बन्द गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्