१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


सेयरबजारमा दोहोरो अंकको सुधार


0
Shares

काठमाडौं, असार १७ । निरन्तर ओरालो लाग्दै आएको पुँजीबजारमा मंगलबार भने दोहोरो अंकको सुधार आयो ।

उतार–चढावबीच सेयरबजार परिसूचक नेप्से ११ अंकले बढेर १२ सय ५३ मा पुग्यो ।

यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से बढेको हो ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च १०७ अंकले बढ्यो भने जीवनबिमा समूह पनि ८७ अंकले उक्लियो ।

यसदिन होटल, लघुवित्त, वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको सुधार आयो । व्यापार, अन्य र उत्पादनमूलक समूह रातो रहे ।

यसदिन १७० कम्पनीका १४ लाख ६६ हजार कित्ता सेयर जम्मा ४२ करोड ९४ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।