भारतको अन्तर्राष्ट्रिय चलचित्र मेला सर्‍यो • Image Khabar Image Khabar


भारतको अन्तर्राष्ट्रिय चलचित्र मेला सर्‍यो


रासस/एएनआई
८ आश्विन २०७७, बिहीबार १८:३३

भारतको अन्तर्राष्ट्रिय चलचित्र मेला सर्‍यो

गोवा, असोज ८ । भारतमा हुने वार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष नहुने भएको छ । यस वर्ष हुने मेला अर्को वर्षमात्रै आयोजना गर्नेगरी सारिएको छ ।

यस वर्ष यही आगामी नोभेम्बर २० देखि भारतको गोवामा ५१औं संस्करणको मेला आयोजना गर्ने तय भएको थियो ।

भारतमा कोरोनाभाइरसको महामारी फैलिनेक्रम नरोकिएकाले यस वर्ष मेला आयोजना गर्न सकिने सम्भावना कम देखेर सारिएको अधिकारीहरुले जनाएका छन् ।

आयोजकहरुको आधिकारिक ट्वीटर हेन्डलमार्फत् कार्यक्रम सारिएकोबारेमा जानकारी गराइएको हो ।

उनीहरुले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्-यस वर्ष आयोजना गर्ने तय भएको ५१औं संस्करणको अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष गर्न नसकिने भएको छ । यो मेला अहिलेलाई स्थगित गरेर अर्को वर्ष सन् २०२१ को जनवरी १६ देखि २४ सम्म गर्ने तय भएको छ ।’

विगत पाँच दशकदेखि हुँदै आएको भारतको बहुप्रतिष्ठित वार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष नोभेम्बर २० देखि २८ सम्म आयोजना गर्ने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्