
काठमाडौं, असार १७ । काठमाडौंको सिनामंगलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् ।
आज बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नम्बरको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नम्बरको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए ।
घाइतेको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्