१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


१० अर्ब ६० करोड अनलाइनबाट कारोबार : नेप्से


0
Shares

काठमाडौं, असार १६ । नेपाल स्टक एक्सचेन्जले हालसम्म १० अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर अनलाइन प्रयोगकर्ताले कारोबार गरेको जनाएको छ ।

चालू आर्थिक वर्षको हालसम्म कुल करोबार भएको ७७ अर्ब ७४ करोड सेयरमध्ये १० अर्ब ६० करोड अनलाइन प्रयोगकर्ताले आफैं किनबेच गरेको जनाएको हो ।

सोमबार ‘फुल्ली अटोमेटेड अनलाइन ट्रेडिङ सिस्टम’ स्थापना भएदेखि हालसम्म भएका उपलब्धिबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा नेप्सेले दोस्रो बजारमा कारोबार गर्नसक्ने गरी दुई लाख ९४ हजार लगानीकर्तालेमात्र आफ्नो विवरण अध्यावधिक गराएको पनि जनाएको छ ।

त्यसमध्ये ११ हजार २४६ जनालेमात्रै दोस्रो बजारमा कारोबार गरेका छन् ।

चालू आर्थिक वर्षको हालसम्म १० लाख ६ हजार ३८६ कारोबारमध्ये एक लाख ४५ हजार ६१७ कारोबार अनलाइन प्रयोगकर्ताले गरेको नेप्सेले जनाएको छ ।

पूर्ण अनलाइन कारोबार प्रणालीमा भएका समस्या समाधान भइसकेको र हाल कुनैपनि समस्या नरहेको पनि नेप्सेले दाबी गरेको छ ।