
काठमाडौं, असार १६ । सोलुखुम्बुमा पुन:निर्मित सडक हस्तान्तरण गरिएको छ ।
भूकम्पीय आपत्कालीन सडक आयोजनाअन्तर्गत् पुनःनिर्माण सम्पन्न सोलुखुम्बुको गार्मा–नेले–बोगल सडक हस्तान्तरण गरिएको हो ।
सोलुखुम्बुको दूधकुन्ड नगरपालिका–७, जोरबुद्धबाट सुरु हुने २२ किलोमिटर लामो सडक थुलुङ दुधकोसी गाउँपालिका–७, बोगलसम्म पुग्छ ।
सडक ३४ करोड दुई लाख ६९ हजार रुपैयाँमा पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्