१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


नेपाल–चीन उद्योग वाणिज्य संघको अध्यक्षमा तुलाधर निर्विरोध


0
Shares

काठमाडौं, असार १६ । नेपाल–चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुलाधर निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न संघको २०औं वार्षिक साधारणसभाले तुलाधरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष राजुबाबु श्रेष्ठ, उपाध्यक्ष राष्ट्रभूषण चाकुबाजी, महासचिव विवेक पौडेल, कोषाध्यक्ष जगतबहादुर श्रेष्ठ, चयन भएका छन् ।

नेपाल तथा चीनबीचको आर्थिक, व्यापारिक तथा पर्यटन प्रवर्द्धनका लागि सन् १९९९ मा संघको स्थापना भएको हो ।