१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


नेप्से ३ अंक बराबरले ओरालो


0
Shares

काठमाडौं, असार १६ । सोमबार पनि सेयरबजार ओरालो लाग्नेक्रम जारी रह्यो । कारोबार पनि खुम्चियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंक बराबरले ओरालो लागेर १२ सय ४२ मा आएर थामियो ।

कारोबार भएकामध्ये बढीजसो समूह ओरालो लागे ।

होटल समूह दोहोरो अंकले ओरालो लाग्यो भने अन्य, निर्जीवन बिमा, वाणिज्य बैंक, वित्त, लघुवित्त र सामूहिक लगानी कोष सामान्य अंकले ऋणात्मक रहे ।

उत्पादनमूलक, जीवनबिमा, विकास बैंक र जलविद्युत् समूह सामान्य अंकले हरियो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीका जम्मा साढे ३७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।