१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


देशभर ९ लाख २३ हजार प्रतिष्ठान, ५० प्रतिशत दर्ता नभइ सन्चालनमा


0
Shares

काठमाडौं, असार १६ । मुलुकभर सन्चालनमा रहेकामध्ये ५० प्रतिशत व्यावसायिक प्रतिष्ठान दर्ता नभइ सन्चालन भइरहेको पाइएको छ ।

केन्द्रीय तथ्यांक विभागले तयार पारेको राष्ट्रिय आर्थिक गणना २०७५ मा देशभर सन्चालित ९ लाख २३ हजार ३५६ प्रतिष्ठानमध्ये चार लाख ६० हजार ४२२ प्रतिष्ठान दर्ता नभइ सन्चालनमा रहेको जनाइएको हो ।

देशभर सन्चालित प्रतिष्ठानमध्ये ५४ प्रतिशत व्यवसाय थोक तथा खुद्रा व्यापारमा आधारित रहेको विभागले जनाएको छ ।

रोजगारी सिर्जनामा यस्ता प्रतिष्ठानको योगदान ३० प्रतिशत रहेको पनि जनाइएको छ ।

औद्योगिक उत्पादनसँग सम्बन्धित प्रतिष्ठानको संख्या कुल आर्थिक इकाइको ११.२७ प्रतिशत रहेको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए ।

यो क्षेत्रबाट १५ प्रतिशत रोजगारी सिर्जना भएको छ ।

प्रतिवेदनअनुसार एउटा प्रतिष्ठानमा औसतमा साढे तीनजनाले रोजगारी पाएका छन् ।

विभागले लेखा नै नराखी व्यवसाय गर्नेको संख्या कुल व्यवसायीको ५२.४३ प्रतिशत रहेको जनाएको छ ।

चार लाख ७२ हजार व्यवसायीले लेखा नै नराखी व्यवसाय गर्ने गरेको पनि विभागले जनाएको छ ।

९ लाख २३ हजार प्रतिष्ठानबाट ३२ लाख २८ हजार रोजगारी सिर्जना भएको छ । त्यसमध्ये २० लाख १२ हजार अर्थात् ६२.३ प्रतिशत पुरुष र १२ लाख १६ हजार अर्थात् ३७.७ प्रतिशत महिला रहेको प्रतिवेदनमा जनाइएको छ ।

सबैभन्दा धेरै व्यावसायिक प्रतिष्ठान काठमाडौं जिल्लामा दर्ता भएका छन् ।

काठमाडौंपछि झापा, रुपन्देही, मोरङ र सुनसरीमा धेरै प्रतिष्ठान सन्चालनमा रहेको जनाइएको छ ।

प्रादेशिक हिसाबमा सबैभन्दा धेरै व्यवसाय प्रदेश नम्बर–३ मा सन्चालित छन् । कर्णाली प्रदेशमा सबैभन्दा थोरै सन्चालनमा रहेको जनाइएको छ ।