काठमाडौं, असार १६ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले श्रीलंका र वेस्ट इन्डिज भिडिरहेका छन् ।
चेस्टरमा भइरहेको खेल जितका लागि वेस्ट इन्डिजले ३३९ रनको चुनौती पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित् ५० ओभरमा ६ विकेटको क्षतिमा ३३८ रन बनायो ।
श्रीलंकाका अभिष्का फर्नान्डोले १०३ बलमा सर्वाधिक १०४ रन जोडे । यस्तै, कुशल परेराले ५१ बलमा ६४ तथा लहिरु थिरिमानेले ३३ बलमा अविजित रहँदै ४५ रन जोडे ।
वेस्ट इन्डिजका जासन होल्डरले सर्वाधिक दुई विकेट लिए ।
खेल जित–हारले कुनै फरक नपार्ने भएकाले दुवै टिम प्रतिष्ठाका लागि खेलिरहेका छन् । ७ खेलबाट ६ अंक जोडेको श्रीलंका अंकतालिकाको सातौं स्थानमा छ ।
यस्तै, ७ खेलमध्ये एकमामात्रै जित निकालेको वेस्ट इन्डिज ३ अंकका साथ अंकतालिकाको नवौं स्थानमा रहेको छ ।








प्रतिक्रिया दिनुहोस्