१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


भारतीयपक्षद्वारा जोगबनीमा सवारी–साधन प्रवेशमा रोक


0
Shares

विराटनगर, असार १६ । नेपाल–भारत दुईदेशीय पारवहन सन्धिविपरीत भारतको स्थानीय प्रशासनले बिनाजानकारी सवारी–साधनलाई जोगबनी नाका प्रयोगमा रोक लगाएको छ ।

भारतको फारबिसगन्जको नगरस्तरीय प्रशासन कार्यालयले नेपालले प्रयोग गर्दै आएको जोगबनी बजारको रुटबाट मालवाहक सवारी–साधनलाई जान रोक लगाएको हो । 

गएको शुक्रबारदेखि स्थानीय प्रशासनले सवारी–साधन प्रवेशमा रोक लगाएपछि जोगबनी रेल स्टेसनसम्म औद्योगिक कच्चापदार्थ लिनसमेत सवारी–साधन जान पाएका छैनन् ।

जोगबनी नाका प्रयोग गर्न नदिएपछि सयौं गाडी र ट्रेलरहरू नेपालतर्फ अलपत्र परेका छन् ।

भारतीयपक्षले जोगबनीमा बिनाजानकारी सवारी–साधन प्रवेशमा रोक लगाएपछि समस्याको समाधान गर्ने विषयमा पहल भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए ।