लामो दुरीको यात्रा गर्दा बाटोमा खाजा र खाना खाने स्थान तोक्न व्यवसायीको आग्रह « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


लामो दुरीको यात्रा गर्दा बाटोमा खाजा र खाना खाने स्थान तोक्न व्यवसायीको आग्रह


0
Shares

काठमाडौं, असोज ६ । यातायात व्यवसायीले आफुहरुले यात्रुको सुरक्षालाई ध्यानमा राखेर लामो दुरीको यातायात सञ्चालन गरिरहेको बताएका छन् ।

कोरोना संक्रमणबाट बच्दै सुरक्षित यात्रा गराउने विषयमा मंगलबार महानगरिय ट्राफिक प्रहरी महाशाखामा भएको छलफलमा उनीहरुले कोरोना अवधिभर सार्वजनिक यातायात सन्चालन निर्देशिकामा उल्लेखित बिषयलाई पालना गरेको बताए ।

यातायात व्यवसयीहरुले सरकारले हवाई जहाजमा पूर्ण सिट क्षमतामा यात्रु राख्न दिने तर सार्वजनिक बसमा भने सिट संख्याको आधा मात्र राख्नु पर्ने नियम ल्याएर विभेद गरेको गुनासो गरेका थिए ।

बसपार्कमा टिकट लिन जाने यात्रुहरु विचौलियाबाट ठगिने क्रम नरोकिएकाले उनीहरुलाई नियन्त्रण गर्न व्यवसायीहरुले माग गरेका छन् ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले सार्वजनिक यातायात सञ्चालन सुरक्षा निर्देशिका पालनामा कुनै कन्जुस्याँइ गर्न नहुने भन्दै व्यवसायीहरुको गुनासो सम्बोधन गरिने बताउनुभयो ।

छलफलमा यातायात ब्यवसायिहरुले सरकारले लामो दुरीको यातायात सन्चालन गर्दा बाटोमा खाजा तथा खाना खाने स्थान तोक्न आग्रह गरेका थिए ।