२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप


0
Shares

काठमाडौं, असार १६ । बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको २२औं वार्षिकोत्सव मनाइँदै गर्दा हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो ।

प्रदर्शनकारीहरूको एउटा सानो समूहले त्यहाँको विधायिकी परिषद्को भवनमासमेत जबर्जस्ती पस्ने प्रयास गरेको थियो ।

सोमबारको यो प्रदर्शनलाई एक महिनायता सुपुर्दगीसम्बन्धी विवादस्पद विधेयकको विरोधमा भएको प्रदर्शनकै शृंखलाकारुपमा हेरिएको छ ।

सरकारले विधेयक अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरेपनि प्रदर्शनकारीहरुले त्यसको खारेजी र प्रमुख कार्यकारी क्यारी लामले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

प्रदर्शनकारीले नाली सफा गर्ने ठानिएको तरल पदार्थ छ्यापिदिएपछि १३ जना प्रहरी अस्पताल भर्ना भएका छन् ।

हिंसात्मक विरोध प्रदर्शनहरूका कारण वर्षगाँठका समारोह प्रभावित भएको छ ।

यसअघि, दशौँ हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू पनि प्रहरीको समर्थनमा सडकमा उत्रिएका थिए ।

सन् १९९७ यता हङकङ एक देश, दुई प्रणालीअन्तर्गत् रहेको छ । (एजेन्सी)