गाँजा बोकी हिँडिरहेको अवस्थामा तीनजना पक्राउ • Image Khabar Image Khabar


गाँजा बोकी हिँडिरहेको अवस्थामा तीनजना पक्राउ


Imagekhabar
६ आश्विन २०७७, मंगलवार १४:३८

गाँजा बोकी हिँडिरहेको अवस्थामा तीनजना पक्राउ

मकवानपुर, असोज ६ । मनहरि गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुलाई १०४ केजी अवैध गाँजासहित मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय कपिल भन्ने रुप खड्का ठकुरी, सोही वडा बस्ने ३० वर्षीय टलकबहादुर घलान र सोही गाउँपालिका–४ बस्ने २७ वर्षीय मदन कोइराला रहेका छन् ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्