‘लक्ष्मीपूजा’ यही दशैंमा रिलिज हुने • Image Khabar Image Khabar


‘लक्ष्मीपूजा’ यही दशैंमा रिलिज हुने


Imagekhabar
६ आश्विन २०७७, मंगलवार ०९:२०

‘लक्ष्मीपूजा’ यही दशैंमा रिलिज हुने

काठमाडौं । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्म ‘लक्ष्मीपूजा’ यही दशैंमा रिलिज हुने भएको छ । फिल्मको यतिबेला उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

समिर मियाँले निर्देशन गरिरहेको फिल्ममा शोभित बस्नेत निर्माता छन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ ।

फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् । निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् ।

उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्