२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अमेरिकाको टेक्सासमा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु


0
Shares

काठमाडौं । अमेरिकाको टेक्सासमा एउटा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

एडिसन विमानस्थलबाट फ्लोरिडाका लागि उडेको केही समयपछि नै डबल इन्जिनसहितको किङ्ग एयरको विमान दुर्घटना भएको हो ।

विमानस्थलकै ह्यांगरमा ठोक्किएर विमान दुर्घटना भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । ह्यांगरमा रोकिएपछि विमानमा आगलागी भएको थियो ।

विमान दुर्घटनामा परे लगत्तै आपतकालीन उद्धारकर्मी घटनास्थलमा पुगे पनि कसैलाई बचाउन नसकेको बताइएको छ ।(एजेन्सी)