१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


जलविद्युत् आयोजनाले मुआब्जा नदिएको भन्दै स्थानीय आन्दोलित


0
Shares

लमजुङ । लमजुङको निर्माणाधीन दोर्दी खोला जलविद्युत् आयोजनाले मुआब्जा नै नदिई पाइपलाइन विस्तार गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

जिल्लाको बेशीसहर नगरपालिका–११ स्थित चितीका बासिन्दाले संघर्ष समिति नै गठन गरी आयोजनाविरुद्ध आन्दोलन सुरु गरेका हुन् ।

पीडितहरुलाई शतप्रतिशत क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने, छरछिमेक कार्यक्रमको बजेट पारदर्शिता हुनुपर्ने, ईआईए प्रतिवेदन नेपाली भाषामा हुनुपर्ने, पानी मुहानको पहिचान गरी प्रभावितलाई खानेपानी र सिँचाइको व्यवस्था गर्नुपर्नेलगायतका माग उनीहरुले राखेका छन् ।

१५ मिटर जग्गा प्रयोग गर्ने सम्झौता गरे पनि आयोजनाले ३०/४० मिटर जग्गा अतिक्रमण गर्दा कतिपय घरहरु उच्च जोखिममा परेको स्थानीयको भनाइ छ ।

उता जलविद्युत् आयोजनाले भने अतिक्रमण भएका ठाउँमा स्थानीयसँग समन्वय गरी मुआब्जा दिने बताउँदै आएको छ  ।