Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


अफ्रिका कप अफ नेसन्समा दावेदार नाईजेरियालाई माडागास्करले हरायो


0
Shares

काठमाडौं । अफ्रिका कप अफ नेसन्स फुटबलमा दावेदार नाईजेरियालाई कमजोर मानिएको माडागास्करले हराएको छ ।

गएराति भएको समूह ‘बी’ को खेलमा माडागास्करले नाईजेरियालाई २–० ले हरायो । यही समूहको अर्को खेलमा गिनियाले बुरुण्डिमाथि २–० को जित निकाल्यो ।

यो समूहबाट ७ अंकसहित माडागास्कर समुह विजेता बन्दा ४ अंक जोडेको नाईजेरिया पनि उपविजेता बन्दै राउण्ड अफ सिक्सटिनमा प्रवेश गर्‍यो ।

अफ्रिका कप फुटबलकै अर्को खेलमा ईजिप्टले युगाण्डालाई २–० ले हराउँदा प्रजातान्त्रिक गणतन्त्र कंगोले जिम्बाबेलाई ४–० ले पाखा लगायो ।

यो समूहमा ९ अंकसहित ईजिप्ट विजेता बन्दा ४ अंक जोडेको युगाण्डा पनि अर्को चरणमा उक्लियो ।