५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


दुर्घटनामा एक जनाको मृत्यु


0
Shares

चितवन, असार १६ । नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल र ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरी रहेका छन् । घाइते हुनेमा सिन्धुली वुलन्जुका ३५ वर्षीय मुरारीप्रसाद बराल रहेका छन् ।

घाइते बरालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बरालको अवस्था गम्भीर रहेको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख २६५९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा८०प ८६५७ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका–२९ खहरे पुलमा आइतबार राति एकापसमा ठक्कर खाएको हो ।

ठक्कर खाँदा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको हो । (रासस)