काठमाडौं । युरोपियन युथ–२१ फुटबल च्याम्पियनसिपको उपाधि स्पेनले जितेको छ ।
ईटालीमा गएराति भएको फाइनलमा जर्मनीलाई २–१ ले हराउँदै स्पेनले २१ वर्ष मुनीको युरोपियन च्याम्पियनसिप जितेको हो ।
खेलमा स्पेनलाई विजयी गराउन फावियन रुइज र ड्यानीयल ओल्मोले एक–एक गोल गरे । पराजित टोली जर्मनीका अमिरले एक गोल फर्काए ।
गएरातिको जितसँगै स्पेनले उमेर समूहको यही प्रतियोगितामा सन् २०१७ को फाइनलमा जर्मनीसँग बेहोरेको हारको बदलासमेत लिएको छ ।








प्रतिक्रिया दिनुहोस्