५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


एक हप्तादेखि उपत्यकाको फोहर उठ्न नसक्दा शहर नै दुर्गन्धित


0
Shares

काठमाडौं, असार १५ । एक हप्तादेखि उपत्यकाको फोहर उठ्न नसक्दा शहर नै दुर्गन्धित भएको छ । 

नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल्ड साईटमा फोहोरका ट्रकलाई जान स्थानीय बासिन्दाले रोकेपछि यो समय फोहोर उठ्न नसकेको हो । सडकका चोक चोकमा फोहोरको थुप्रो लाग्न थालेको छ भने तरकारी बजार क्षेत्रहरु बढी दुर्गन्धित बनेका छन् ।

ल्याण्डफिल्ड साइट भरिएको भन्दै सिसडोलवासीले अर्को ब्यवस्था गर्न माग गरेर फोहोर फाल्न अवरोध गर्दै आएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार सिसडोलबासीले ल्याण्डफिल्ड साइट वरपरको सबै जग्गा आफुहरुले तोकेको मूल्यमा अधिग्रहण गरेर लिन माग गरेका छन् भने महानगरपालिका त्यसमा सहमत भएको छैन ।

फोहोर फाल्न अवरोध गर्दा पटक–पटक प्रहरी र स्थानीयबीच झडप पनि हुँदै आएको छ । सिसडोलमा काठमाडौं र ललितपुर महानगरपालिका तथा १८ वटा नगरपालिकाको फोहोर फाल्ने गरिएको छ । सिसडोलमा दैनिक करिब ८ सय टन फोहोर फ्याँक्ने गरिएको छ ।