१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


महालेखा परीक्षकको कार्यालयले दिगो विकास सुचकाकंको लेखा परीक्षण गर्ने


0
Shares

                                    तस्वीर : रासस

काठमाडौं, असार १५ । महालेखा परीक्षकको कार्यालयले अब दीगो विकास लक्ष्यका १७ सूचकांकको लेखा परीक्षण गर्ने भएको छ ।

महालेखा परीक्षकको कार्यालयको ६० औं वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा महालेखापरीक्षक टंकमणी शर्माले दिगो विकास लक्ष्यको सूचकांकको लेखा परीक्षण गर्ने बताए ।

महालेखा परीक्षक शर्माले प्रतिवेदन कसैको प्रभावमा परेर नआएको भन्दै संस्थाको आर्थिक अनुशासन कायममा सबै सचेत हुनुपर्नेमा जोड दिए ।

सभामुख कृष्णबहादुर महराले महालेखापरीक्षकको प्रतिवेदनमा उठेका विषयमा संसदीय समितिमा ढिला छलफल हुँदा प्रतिवेदनको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको भन्दै यसमा बेलैमा छलफल थालिनुपर्नेमा जोड दिए ।

सभामुख महराले तीनै तहका सरकारका लेखा परीक्षण गरी महालेखा परीक्षकको कार्यालयले आफूलाई अग्रणी संवैधानिक अंगका रुपमा स्थापित गरेको भनी प्रशंसा पनि गरे ।