
काठमाडौं, असार १५ । नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता अभिवृद्धिका लागि काम गर्दै आएको अन्तराष्ट्रिय संस्था ओइसीडी–आईएनएफईसँगको सहकार्यमा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गर्दैछ ।
बोर्डले असार १७ र १८ गते वित्तीय साक्षरता अभिवृद्धि गर्नको लागि पहिलो पटक यस्तो सम्मेलन आयोजना गर्न लागेको हो ।
सम्मेलनमा नेपालसहित यस क्षेत्रमा रहेका वित्तीय साक्षरता सम्बन्धमा देखिएका चुनौती र अवसरहरुको बारेमा छलफल हुने एवं समस्याको समाधानका उपाय खोजिने जनाइएको छ ।
यसैबीच, बोर्डले रजत जयन्तीको उपलक्षयमा ‘रजत जयन्ती स्मारिका सिक्का’ पनि लोकार्पण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्