१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


शेयर बजारमा दोहोरो अंकको गिरावट


0
Shares

काठमाडौं, असार १५ । साताको शुरुको दिन आइतबार शेयर बजारमा उच्च गिरावट आएको छ ।

आइतबार नेप्से दोहोरो अंकले ओरालो लाग्यो । कारोबार भने पछिल्ला औसत दिनका तुलनामा केही उच्च रह्यो ।

कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेर नेप्से १२ अंकले ऋणात्मक रही १२४४ मा आएर थामियो । यस दिन कारोबार भएका सबै समूह ओरालो लागे ।

जीवन बीमा र निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च ५९ र ५८ अंकको गिरावट आयो । उत्पादनमूलक समूहमा पनि ३६ अंकको कमी आयो ।

लघुवित्त, जलविद्युत, विकास बैंक र वाणिज्य बैंक समूह दोहोरो अंकले ओर्लिदा अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीको २३ लाख ६२ हजार बराबर कित्ता शेयर साढे ६४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।