५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


डोजरले बनाएको खाल्डोमा डुबेर बालकको मृत्यु


0
Shares

सर्लाही । सर्लाहीको उत्तर–पूर्वी भेगस्थित गौरीशङ्करमा अवैध किसिमले गिट्टी बालुवा निकाल्न बनाइएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्दा बनेको गहिरो खाल्डोमा डुबेर ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका लाले रायका १२ वर्षीय छोरा अमित रायको मृत्यु भएको हो ।

हिजो दिउँसोदेखि गहिरो खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता बालक आज बिहान मृत फेला परेका प्रहरीले जनाएको छ ।

खोलामा जथाभावी उत्खनन् गर्दा घटना भएको भन्दै स्थानीयवासीले घटनास्थलबाट बालकको शव उठाउन मानेका छैनन् ।

खोलामा भैरहेको अवैध उत्खनन् बन्द गर्नुपर्ने, अहिले रहेका ठूल्ठूला खाल्डो तत्काल पुर्नुपर्ने, मृतक बालकका परिवारलाई उचित राहत दिनुपर्ने, बस्ती नजिक सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्नुपर्ने स्थानीयको माग छ ।