
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद वाली विज्ञान महाशाखाले राष्ट्रिय धान दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमका सहभागी कृषि विज्ञहरुले कृषि उत्पादन बढाउंदै आयात कम गर्न सरकार उदासिन बनेको गुनासो गरे ।
धान उत्पादन र मागबीच सन्तुलन नभएकाले नयाँ प्रविधिबारे कृषकलाई जानकारी गराउनुपर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा परिषदका निर्देशक डा रामवावु पनेरुले नेपालमा वर्षेनी २५ अर्व बराबरको धान आयात हुने गरेको भन्दै उत्पादन बढाउन राष्ट्रिय स्तरमै कार्यक्रम ल्याउनुपर्ने बताए ।
धान खेती गर्ने जमिन मध्ये झण्डै ४० प्रतिशत शहरीकरणमा परिणत भइसकेको उहांको भनाइ थियो ।
नेपालको कुल ग्रार्हस्थ उत्पादनमा धानले ७ प्रतिशत हिस्सा ओगटेको छ ।
सरकारले आगामी आर्थिक वर्षमा ७० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य लिएको छ । यो चालु आर्थिक वर्षको तुलनामा १५ लाख मेट्रिक टन बढी हो ।
प्रतिक्रिया दिनुहोस्