काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसंगको आज भेटवार्ता गर्दै छन् ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसंग सिउलमा भएको भेटवार्ता पछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले किमसंगको भेटवार्ताबारे बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले दुई कोरियाको सीमास्थित गैर सैन्य क्षेत्रमा किमसंग संक्षिप्त भेटवार्ता हुने बताए ।
दक्षिण कोरियाका राष्ट्रपति मुनले पनि दुई कोरियाको सीमामा ट्रम्प र किमले शान्तिका लागि हात मिलाउने बताए ।
केही दिन अघि मात्र ट्रम्प र किमबीच पत्र आदान प्रदान भएका थिए । त्यसक्रममा दुवै नेताले अवरुद्ध वार्ता फेरि शुरु गर्ने सम्भावना रहेको संकेत गरे ।
गत वर्ष हनोईमा भएको शिखर वार्तामा कुनै सहमति हुन नसकेपछि दुई मुलुकको सम्बन्धमा चिसोपन बढेको थियो ।
कोरियाली प्रायद्विपको निशस्त्रीकरणमा सहमति जनाएपनि उत्तरले प्रतिबद्धता पालना नगरेको अमेरिकी आरोप छ ।
उत्तर कोरियालले भने आफ्नो मुलुकमाथिको प्रतिबन्ध हटाउनु पर्ने माग राख्दै आएको छ । (एजेन्सी)




प्रतिक्रिया दिनुहोस्