काठमाडौं । उरुग्वेलाई पाखा लगाउँदै पेरु कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न क्वाटरफाईनल खेलमा पेरुले उरुग्वेलाई टाई ब्रकेरमा हरायो ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाई ब्रकेरमा पुगेको हो ।
टाई ब्रकेरमा पेरु ५–४ ले विजयी भयो । उरुग्वेका स्टार खेलाडी लुईस सुवारेजको प्रहार बिफल भएपछि टोली पराजित हुनपुग्यो ।
पेरुले अब सेमिफाईनलमा चिलीको सामना गर्नेछ । अर्को सेमिफाइनल खेलमा आयेजक ब्राजिलले अर्जेन्टिनासँग खेल्नेछ ।








प्रतिक्रिया दिनुहोस्