५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


भूमिसुधार तथा मालपोत कार्यालयमा आगजनी


0
Shares

कपिलबस्तु । भूमिसुधार तथा मालपोत कार्यालय कपिलबस्तुमा आइतबार बिहान आगलागी भएको छ ।

सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आगलागी भएको हो ।

आगलागीका कारण झण्डै १० लाख रुपैयाँ बराबरीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक दीप शमशेर जबराले बताए ।

बिहान पौने ८ बजेदेखि सुरु भएको आगलागी प्रहरी, कपिलबस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि  नियन्त्रणमा आएको छ ।

आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपि मेसिन, फर्निचर पुर्णरुपमा जली नष्ट भएका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।