
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन आज चीन प्रस्थान गर्दै छन् ।
चीनको डालियानमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने मञ्चको १३ औं वार्षिक बैठकमा सहभागी हुन ज्ञवाली त्यसतर्फ जान लागेका हुन् ।
विश्व आर्थिक मञ्चको यस वर्षको बैठकको सार ‘विश्वव्यापीकरणको नयाँ युगमा सफलताका लागि आवश्यक नेतृत्व’ रहेको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले भोलि फोरमको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उनी सन् २०२० को ‘जि–टेवेन्टी’ एजेण्डा तय गर्न बस्ने बैठकमा समेत सहभागी हुनेछन् ।
चीन भ्रमणमा रहँदा मन्त्री ज्ञवालीले राजनीतिज्ञ तथा व्यापारीहरुसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनी बुधवार डालियानबाट बेइजिङ पुग्नुहुनेछ । बेइजिङमा उहाँले चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता गर्ने तयारी छ ।
मन्त्री ज्ञवाली यही असार १८ गते स्वदेश फर्कनेछन् ।
प्रतिक्रिया दिनुहोस्