५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


सेफ्टीट्यांकीभित्र निसास्सिएर चारजना मजदुरको मृत्यु


0
Shares

विराटनगर, असार १४ । मोरङको सुनवर्षी नगरपालिका–९, डायनियास्थित मस्जिदको ‘कम्पाउन्ड’मा निर्माणाधीन सेफ्टीट्यांकीभित्र निसास्सिएर शनिबार चारजना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा स्थानीय ४५ वर्षीय कपिल आलम, २० वर्षीय मोहम्मद फिरोज, १९ वर्षीय सहनवाद र २२ वर्षीय मोहम्मद ओसिब आलम रहेका छन् ।

शनिबार अपराह्न निर्माणाधीन अवस्थाको शौचालयभित्र पसेर ढलानको काठ निकाल्नेक्रममा उनीहरु निसास्सिएका थिए ।

बेहोस अवस्थामा उद्धार गरिएका मजदुरलाई उपचारका लागि प्रहरीले विराटनगरस्थित गोल्डेन अस्पतालमा पुर्‍याएलगत्तै अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

अरु तीनजनाको सामान्य उपचारपछि घर फर्काएको अस्पतालले जनाएको छ ।