
काठमाडौं, असार १४ । काठमाडौंको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् ।
नुवाकोटको ककनी गाउँपालिका–२, सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्यान्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौं महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि झडप भएको हो ।
झडपकाक्रममा केही स्थानीयवासी र केही प्रहरी घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले वार्ताका लागि सहमति नजुटेपछि धकेलाधकेल हुँदा केही प्रहरी र केही स्थानीयवासी सामान्य घाइते भएको जानकारी दिए ।
एक हप्तादेखि काठमाडौंको फोहर उठ्न नसक्दा उपत्यकाका चोकचोकमा फोहरको थुप्रो जम्मा भएका छन् ।
फोहर व्यवस्थापनबारे काठमाडौं महानगरपालिकाका प्रतिनिधि र स्थानीयवासीको छलफल भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्