५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


गणतन्त्र संस्थागत हुन नदिन चलखेल : पूर्वराष्ट्रपति


0
Shares

पाल्पा, असार १४ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्रलाई संस्थागत हुन नदिन चलखेल भइरहेको बताएका छन् ।

शनिबार पाल्पाको तानसेनमा दलित समुदायका पत्रकारहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिन र संविधान कार्यान्वयन हुन नदिन विभिन्न तहबाट चलखेल भइरहेको जिकिर गरे ।

उनले लोकतन्त्रमा प्रेस स्वतन्त्रता र मानवअधिकार एउटै सिक्काका पाटो भएकाले एउटा विषय कमजोर भए लोकतन्त्र नै धरापमा पर्ने टिप्पणी गरे ।

दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट १५० भन्दा बढी दलित समुदायका पत्रकारहरुको सहभागिता रहेको छ ।