प्रदीप पौडेल (इमेज)
पोखरा, असार १४ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय सरकारले फेवातालको सिमांकन गरेको भोलिपल्ट प्रदेश सरकारले पिल्लर गाड्न सुरु गर्ने बताएका छन् ।
पोखराको बाराहीघाटको खेलमैदानमा आयोजना गरिएको नेपाली खाना प्रवर्द्धनात्मक कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
फेवातालको संरक्षण गर्ने विषयमा पहिलो काम तालको सिमांकन भएको भन्दै उनले संघीय सरकारले सीमाको विवाद टुंगाएको भोलिपल्ट प्रदेश सरकारले त्यसको रक्षार्थ पिल्लर गाड्न सुरु गर्ने बताए ।
उनले अतिक्रमणकाक्रममा लालपुर्जा भएकाहरुका लागि मुआब्जाको व्यवस्था गर्नुपर्ने पनि बताए ।
रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा एकदिने महोत्सव आयोजना गरिएको हो ।
सो अवसरमा नेवारी, थकाली, थारु, गुरुङलगायतका खानाका परिकारको साथमा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत् गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्