५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


बागलुङ जिप दुर्घटना, एकजनाको मृत्यु


0
Shares

डम्मरबहादुर बुढाथोकी (इमेज)

बागलुङ, असार १४ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर–२, हुग्दिशिर, सुदलामा शनिबार बिहान जिप दुर्घटना भएको छ ।

बाटाकाचौरको नयाँबजारदेखि बागलुङ सदरमुकामका लागि छुटेको ध१ज ४९१ नम्बरको जिप दुघटना हुँदा बरेङ गाउँपालिका–३, नयाँबजारकी ७५ वर्षीया विष्णुमाया खत्रीको मृत्यु भएको छ ।

रोकिराखेको जिप एक्कासि गुडेर सडक किनारमा पल्टिएको थियो ।

जिप सुदलाचोकमा रोकी राखेर चालक हिरा काउचा यात्री बोलाउन गएको अवस्थामा एक्कासि जिप गुडेपछि अत्तालिएर जिपबाट हामफाल्दा खत्रीको छातीमा चोट लागेको थियो ।

घाइते खत्रीलाई उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा हुग्दिशिर, बाझाडीकी डेढ वर्षीया टेरिसा परियार घाइते भएकी छन् । उनलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

जिपमा चारजना यात्री सवार थिए । अरु यात्रीको अवस्था सामान्य रहेको जनाइएको छ ।