
धादिङ । धादिङको बैरेनीमा पानी परेसँगै लेदोले अबरुद्ध बनेको पृथ्वी राजमार्ग सुचारु भएको छ ।
धादिङको गल्छी गाउँपालिका वडा नं. ६ बैरेनीबजारबाट वालुवाखानी जाने शाखा सडकहरु जताभावी खोल्दा राजमार्गमा अबरुद्ध भएको थियो ।
जसका कारण बैरेनीबजारका घर पनि डुबानमा परेका छन् ।
बिहानैदेखि राजमार्ग अवरुद्ध हुदाँ राजधानी आउँदै गरेको र बाहिर जाँदै गरेका हजारौं सवारी साधन बीच बाटोमै रोकिएका थिए ।
प्रतिक्रिया दिनुहोस्