२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


डोनाल्ड ट्रम्पद्वारा किम जोङ–उनसँग पुनः भेटवार्ताको प्रस्ताव


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग पुनः भेटवार्ताको प्रस्ताव गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ट्वीट गरेर उत्तर र दक्षिण कोरिया छुट्याउने डिमिलिटराइज्ड जोन अर्थात् डिएमजेडमा भेट्ने प्रस्ताव गरेका हुन् ।

जी–ट्न्वेटी सम्मेलनमा सहभागी हुन जापानमा रहेका ट्रम्पले त्यहिँबाट ट्वीट गरेका हुन् ।

जापानबाट ट्रम्प दक्षिण कोरिया भ्रमणमा जाँदै छन । उनी दुई दिन दक्षिण कोरियामा रहने भएका छन् ।

त्यस क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको रोकिएको परमाणु निशस्त्रीकरणसम्बन्धी वार्तालाई पुनः जीवन दिने प्रयास गर्नुहुने बताइएको छ ।

ओसाकामा भएको जी–ट्वेन्टी सम्मेलनलाई सम्बोधन गरेका ट्रम्पले पत्रकारसँगको कुराकानीमा किमसँगको भेटका लागि प्रयास भइरहेको बताएका थिए ।

उनले सम्मेलनमा किम उपस्थित भएको भए दुई मिनेटका लागि भेटवार्ता हुनेसमेत बताए ।

सम्मेलनकै क्रममा राष्ट्रपति ट्रम्पले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानसँग पनि भेटवार्ता गरेका छन् । (एजेन्सी)