
काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्कँदा १७ जनाको मृत्यु भएको छ ।
घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनामा घाइते भएका तीन जनाको उद्दार गरिएको छ । केही व्यक्ति अझै भग्नावशेषमा पुरिएको आशंकामा खोजी जारी रहेको छ ।
एउटा भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खसेको हो । ठेकेदारको लापरबाहीले पर्खाल भत्किएको हुनसक्ने भन्दै छानबिन सुरु भएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्