५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


मनपरी भाडा असुली गरेको भन्दै विद्यार्थी संगठनहरुको विरोध


0
Shares

रसुवा । रसुवामा सार्वजनिक यातायातले मनपरी भाडा असुली गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोध गरेका छन् ।

पासाङ ल्हामु मार्गको रसुवा खण्डमा सञ्चालन हुने सार्वजनिक यातायातले गरेको मनपरी भाडा असुली गरेको भन्दै जिल्लामा क्रियाशील विद्यार्थी संगठनले विरोध गरेका हुन् ।

जिल्लामा तीन वटा कम्पनीले सवारी सञ्चालन गरेको र तीनै वटा कम्पनीका सवारी साधनले आ–आफ्नो तरीकाले भाडा असुल गर्ने गरेको आरोप विद्यार्थीहरुको छ ।

सरकारले व्यवस्था गरेको परिचयपत्र वापतको छुट दिनुपर्ने, सम्पूर्ण सवारी साधन कम्पनीमा दर्ता हुनुपर्ने र सुपर, डिलक्स तथा एसीको नाममा अतिरिक्त सेवा असुली गर्ने कार्य बन्द गर्नुपर्ने माग उनीहरुको छ ।

मनपरी भाडा असुली बन्दको माग गर्दै संगठनले रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

समयमै माग सम्बोधन नगरिए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष अर्जुन पौडेलले बताउनुभयो ।