काठमाडौं । आयोजक फ्रान्सलाई स्तब्ध बनाउँदै साविक विजेता अमेरिका विश्वकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फ्रान्समा गएराति भएको खेलमा अमेरिका २–१ ले विजयी भयो । अमेरिकालाई विजयी गराउन दुबै गोल मेगान रेपियोनीले गरिन् ।
रेपियोनीले खेलको दुबै हाफमा एक एक गोल गरेकी हुन् । पराजित टोली फ्रान्सका लागि वेण्डी रेनार्डले एक गोल फर्काइन् ।
अमेरिकाले अब फाइनल प्रवेशका लागि इङ्ल्याण्डसँग खेल्नेछ । क्वाटरफाइनलमा नर्वेलाई ३–० ले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा पुगेको हो ।








प्रतिक्रिया दिनुहोस्