६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


गाम्नाङटारमा सरस्वती मन्दिर स्थापनाः दर्जी समुदायलाई नौमती हस्तान्तरण


0
Shares

काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिकास्थित गाम्नाङटारमा सरस्वती मन्दिर स्थापना गरिएको छ ।

गाम्नाङटार सेवा समाजले ग्रामोदय युगकवि सिद्धिचरण उच्च माध्यमिक विद्यालय परिसरमा सरस्वती मन्दिर स्थापना गरेको हो ।

सेवा समाजका अध्यक्ष भुवन भट्टराई, युवा व्यवसायी लक्ष्मीराज अधिकारी र कमल भट्टराईको विशेष पहलमा मन्दिर स्थापना गरिएको हो ।

मन्दिरको भव्य समारोहबीच उद्घाटन गरिएको छ । विद्याकी देवी सरस्वतीको मन्दिर स्थापना भएपछि गाउँवासी, शिक्षक र विद्यार्थीहरु विशेष हर्षित भएका छन् ।

मन्दिर उद्घाटन कार्यक्रममा गाउँवासीको ठूलो सहभागिता रहेको थियो । सो अवसरमा मन्दिर स्थापनामा सहयोग पुर्‍याउनेहरुलाई सम्मानसमेत गरिएको थियो ।

यसैबीच मन्दिर उद्घाटन कार्यक्रममा गाम्नाङटार सेवा समाजले कला संस्कृति संरक्षणमा विशेष योगदान पुर्‍याएका स्थानीय दर्जी समुदायलाई नौमती बाजा हस्तान्तरण गरेको छ ।

समाजका अध्यक्ष भट्टराईले नौमती बाजाको संरक्षणमा विशेष सहयोग पुर्‍याउने दर्जी समुदाय थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।