
सोलुखुम्बु, भदौ ३१ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकास्थित खहरेखोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् ।
बुधबार खोला तर्नेक्रममा बगाउँदा नेचासल्यान–४ का भुईमान राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
केही दिनयता लगातारको वर्षाका कारण खोलामा पानीको बहाव बढेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्