१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुँदै


0
Shares

काठमाडौं, असार १३ । यही असार १५ र १६ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने भएको छ ।

नेपाली श्रम बजारमा रोजगारीको ठूलो सम्भावना भएका क्षेत्रको माग र आपूर्तिको अवस्था, श्रमशक्ति, सीपको विश्लेषण तथा स्वदेशका सम्भावनायुक्त क्षेत्रमा युवाको आकर्षण बढाइ दक्ष जनशक्तिको विकास गर्न नीति, योजना र कार्यक्रम तय गर्न मार्गदर्शन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जनाइएको छ ।

सम्मेलनमा विशेषतः जुत्ता, पर्यटन तथा होटल व्यवसाय, सूचना–प्रविधि, साना सामग्री उत्पादन आदि विषयमा प्रत्येकको छुट्टाछुट्टै एकाइमा प्रदर्शनी गरिने जनाइएको छ ।

विभिन्न क्षेत्रका करिब ५० जना विषयगत विज्ञको टोलीबाट विशेष टिप्पणी र सहजीकरण हुने सम्मेलनमा ३५० भन्दा बढी सरोकारवालाहरुको सहभागिता रहने जनाइएको छ ।