
काठमाडौं, असार १३ । नेपाल वायुसेवा निगमले ‘ए ३३०’ को लाइन मर्मतको काम गर्न स्वीकृति पाएको छ ।
निगमले लामो समयको तयारीपछि नेपाल नागरिक उडड्यन प्राधिकरणबाट जहाजको मर्मत–सम्भार गर्ने संस्थालाई दिइने एक प्रकारको प्राविधिक स्वीकृति प्राप्त गरेको जनाएको हो ।
अबउपरान्त ‘ए ३३०’ को लाइन मर्मतको काम स्वयं नेपाल वायुसेवा निगमले नै गर्नेछ । यसमा जहाज उड्नुअघि र अवतरणपछिको अनुगमन र मर्मत पनि पर्दछ ।
हाल यस कार्यका लागि ‘बीसीटी’ नामक संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय संस्थासँग सम्झौता गरिएको थियो । जुलाई २०१९ देखि यो कार्य निगमका इन्जिनियरमार्फत् हुनेछ ।
यसले गर्दा निगमको मासिक ५०–६० लाख रुपैयाँ रकम देशबाट बाहिरिने अवस्थाको अन्त्य हुने र नेपाली दक्ष जनशक्तिहरुले थप अवसर प्राप्त गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्