Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


श्रीलंकाले दियो दक्षिण अफ्रिकालाई २०४ रनको चुनौती


0
Shares

काठमाडौं, असार १३ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले श्रीलंका र दक्षिण अफ्रिका भिडिरहेका छन् ।

खेल जितका लागि दक्षिण अफ्रिकाले २०४ रनको चुनौती पाएको छ ।

टस हारेर श्रीलंकाले पहिले ब्याटिङ गर्दै ४९ ओभर ३ बलमा अलआउट हुँदै २०३ रन बनायो ।

कुशल परेरा र अभिष्क फर्नान्डोले समान ३० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा दक्षिण अफ्रिकाका क्रिस मोरिस र डिवाइने प्रिटोरियसले समान ३ विकेट लिए । कागिसो सबाडाले २ विकेट झारे ।

जारी प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको दक्षिण अफ्रिका लिग चरणबाटै बाहिरिइसकेको छ ।

श्रीलंकाले यो खेल जिते सेमिफाइनल प्रवेशको सम्भावना कायमै रहनेछ । ६ खेलबाट ६ अंक जोडेको श्रीलंका तालिकाको सातौं स्थानमा रहँदा दक्षिण अफ्रिकाले ७ खेलबाट ३ अंकमात्रै जोडेको छ ।

७ खेलबाट १२ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ । ६ खेलबाट ११ अंकको भारत दोस्रो स्थानमा छ । न्यूजिल्यान्ड ११ अंकबाटै तेस्रो स्थानमा छ ।