१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


बजेट बहुमतले पारित


0
Shares

काठमाडौं, असार १३ । संसदबाट आर्थिक वर्ष २०७६/०७७ को बजेट बहुमतले पारित भएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक पारित गरेसँगै बजेट पारित भएको हो ।

यसअघि, गएको बुधबार विनियोजन विधेयक पारित भइसकेको छ ।

शुक्रबार आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले आयकरको दायरा बढाएको भन्दै त्यसलाई घटाउन माग गरेका थिए ।

त्यस्तै, पुस्तकमा लगाएको कर पनि हटाउन माग गरिएको थियो ।

प्रगतिशील सरकारले सामन्ती संस्कृतिको कर प्रणाली लगाएको भन्दै  करका कारण गरिब जनताले थप दुःख र झन्झट व्यहोर्नुपरेको कांग्रेस सांसदहरुको आरोप थियो ।

सरकारले भने करबाट प्रभावित हुनेका लागि अनुदान दिएर राहतको व्यवस्था गर्ने आश्वासन दिएको छ ।